btcnepal.org | June 01, 2020
आज मिति २०७७ जेठ १९ गतेका दिन नेपाल बौद्ध महासंघका पूर्वाध्यक्ष श्रद्धेय खेन्पो गेशे थुब्तेन जिग्डोल लामाज्यू आज यस बुद्धवचन अनुुवाद समिति नेपालमा पाल्नुभई आर्थिक सहयोग गर्नाका साथै BTCNEPAL ले हाल नेपालीमा अनुवाद गरिरहेको भगवान् बुद्धको अत्यन्त गम्भीर सूत्र १६ ठेली प्रज्ञापारमिता अवलोकन गर्नुभयो । उहाँ यस बुद्धवचन अनुवाद समिति नेपालको वरिष्ठ सल्लाहकार समेत हुनुहुन्छ । श्रद्धेय गेशेज्यूले देशका विकट गाउँहरूमा पुग्नु भई बौद्ध धर्मको परिचय तथा प्रवचन निरन्तर रूपमा प्रदान गर्दै आईरहनु भएको छ ।
