btcnepal.org | October8, 2020
आज मिति २०७७\०६\२२ गतेका दिन परम पूजनीय खेन्छेन ठाङ्गु रिन्पोछेज्यूबाट हाल विश्वमै पहिलो पटक भोट भाषा तथा मूल संस्कृत ग्रन्थबाट राष्ट्रिय नेपाली भाषामा अनुवाद भईरहेको आर्य अष्टसाहस्रिका प्रज्ञापारमिता अनुवादको निम्ति शुभ आर्शिवादसहित आर्थिक सहयोग गर्नुभएकोमा परम पूजनीय गुरुको सु–स्वास्थ्य दीर्घायू तथा दश दिशामा बुध्द शासन फैल्याउने उहाँको पवित्र परियोजनाहरू सबै सफल र पूर्ण होस् । परम पूजनीय रिन्पोछेद्वारा हालसम्म हजारौंको संख्यामा गरीब, असाहय, निमुखा तथा जेहेन्दार विधार्थीहरूका शिक्षा आर्जनमा पु¥याउनु भएको अतुलनीय योगदानको कदर गर्दै बुध्दवचन अनुवाद समिति नेपालले अनुवाद गरिरहेको राष्ट्रिय गौरवको आध्यात्मिक यस परियोजनालाई सहयोग गर्नु भएकोमा परम पूजनीय धर्म गुरु लगायत सम्पूर्ण दानपत्तिहरूप्रति कोटि कोटि धन्यवादसहित भगवान् बुद्धको अमृतमय वचन सबैले सुन्न पाऊन भनी त्रिरत्न समक्ष प्रणिधान र परिणामना गर्दछौं ।
