बुद्धजयन्तीको अवसरमा ३०७ जनालाई खाना

बुद्धजयन्तीको अवसरमा ३०७ जनालाई खाना

btcnepal.org | May 07, 2020

२५६४ औँ बुद्धजयन्तीको अवसरमा द ग्रेट कम्प्यासन प्रोजेक्ट र बुद्ध अनुवाद समितिले संयुक्तरुपमा गोकर्णेश्वस नगरपालिकामा ३०७ जनालाई खाना खुवाएका छन् । लकडाउनका कारण खाद्यान्नको समस्या भोगिरहेकाहरुलाई सहयोग पुगोस् भनेर बिहानको खाना खुवाएको बुद्धवचन अनुवाद समितिका संयोजक टीका शेर्पाले बताए ।

दुबै संस्थाले नगरपालिकाको वार्ड न ८ स्थित कृष्णमन्दिर, बेसीगाउँमा खाना खुवाएको हो । गोकर्णेश्वर आसपास बस्ने श्रमिक तथा मजदुरहरु सहभागि भई खाना खाएका थिए । कार्यक्रममा बुद्धजयन्तीको शुभकामना सहित विश्व शान्ति र भाइचाराको वृद्धिको कामना पनि गरिएको थियो ।